बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलियो « Khabarhub

बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलियो


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए । 

जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ ।  पहिलेको तुलनामा  केही दिनयता यहाँका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए ।

केही दिनयता भाइरल ज्वरो निकै बढी देखिन थालेको छ । भाइरल ज्वरोबाट  बालबालिका बढी सताइएका छन् । अहिले प्रत्येक गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका पाटन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए ।   ज्वरोका बिरामीहरूमा अन्य सङ्क्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै उनले ज्वरोका बिरामीहरूले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने हुँदा स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने सुझाव दिए ।    

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो  । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा.श्रेष्ठको आग्रह थियो ।  पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ५६ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६