भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख « Khabarhub

भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । केन्द्रका प्रमुख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८/०७९ मा भएको प्रगति विवरण र चालु आवको कार्यक्रम तथा बजेट शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको कार्यक्रम रहेको छ । विनियोजित रकममध्ये १५ लाख ७५ हजार पुँजीगत खर्चतर्फ रहेको छ भने दुई करोड २२ लाख ६९ हजार चालु कार्यक्रमको खर्च रहेको छ ।

चालु आवका लागि पशुपन्छी तथा मत्स्य व्यवसाय, पशु स्वास्थ्य, पशु आहारा प्रवर्द्धन, पशु आनुवंशिक श्रोत संरक्षण, एकीकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, सुशासन तथा पारदर्शिता कार्यक्रमलगायत कार्यक्रम रहेको कार्यालय प्रमुख कुसुमले बताए ।

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र मनाङले संयुक्त कार्यक्रम गरी चालु आवका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ४ : ३४ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय