दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ « Khabarhub

दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

चोरी मुद्दामा दुई वर्ष अगाडी फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँबजारबाट पक्राउ गरेको हो ।

लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार– ९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई २४ गते शुक्रबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागूऔषध (गाँजा) मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिवादी गुरुङ चोरी मुद्दामा दुई वर्ष फरार रहेका थिए । चोरी मुद्दामा अदालतको फैसला अनुसार निजले दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान बाँकी रहेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ३३ बजे

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द