दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ « Khabarhub

दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

चोरी मुद्दामा दुई वर्ष अगाडी फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँबजारबाट पक्राउ गरेको हो ।

लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार– ९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई २४ गते शुक्रबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागूऔषध (गाँजा) मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिवादी गुरुङ चोरी मुद्दामा दुई वर्ष फरार रहेका थिए । चोरी मुद्दामा अदालतको फैसला अनुसार निजले दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान बाँकी रहेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ३३ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा