राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण छ : शिक्षामन्त्री पौडेल « Khabarhub

राजनीतिमा मिडियाको भूमिका महत्वपूर्ण छ : शिक्षामन्त्री पौडेल


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा मिडिया जगतको महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज पोखरामा आयोजित तेस्रो पूर्ण बैठकमा उनले सरकारका कामकारवाहीदेखि राजनीतिक दलले अघि सारेका मुद्दालाई जनस्तरमा स्थापित गर्न मिडियाले अर्थपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे।

उनले मिडियाको समयसापेक्ष विकाससँगै पत्रकारको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जाल पनि सशक्त माध्यमका रुपमा आएको भन्दै मन्त्री पौडेलले त्यसको सही सदुपयोग हुनुपर्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवसमेत रहेका मन्त्री पौडेलले आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए। परिवर्तनका एजेन्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ५८ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर