लिस्नु युवा क्लब क्वाटरफाइनलमा प्रवेश « Khabarhub

लिस्नु युवा क्लब क्वाटरफाइनलमा प्रवेश


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एक नाइजेरीयन खेलाडी सहित मैदान ओर्लिको आयोजक लिस्नुले खेलको पहिलो हाफ गोल रहित खेल खेल्यो । खेलको ४४ मिनेटमा लिस्नुका राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २– ० बनाए ।

६५ मिनेटमा पाल्पा एघारका खेलाडीलाई डि एरिया भित्र लिस्नुका रक्षकले लडाएपछि पाल्याले पेनाल्टी हान्ने अवसर पाएकोमा जनोम लिगलले गोल गर्दै गोल अन्तरलाई २–१ बनाए । १ गोल फर्काएपछि जोशीएको पाल्पा ६८ मिनेटमा कप्तान कुशल भण्डारीले रातो कार्ड पाएर बाहिरिएपछि दबाबमा पर्न पुग्यो टिम । गोल गर्ने अवसर पाए पनि सदुपयोग हुन सकेन । अन्तत आयोजक लिस्नु २–१ गोलले जित निकाल्दै क्वाटर फाइनल प्रवेश गर्यो‍ ।

लिस्नुका हिमाल थापाले उत्कृष्ट खेल प्रदर्शन गरे बापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु