नेता बस्नेतको घर तोडफोड | Khabarhub Khabarhub

नेता बस्नेतको घर तोडफोड


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् ।

आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चाररपाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए

उनले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताए । हतियारधारी समूह समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर उहाँलाई नभेटेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ४८ बजे

तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी

नर्जाखोलामा मोटरेबल पुल निर्माण, स्थानीय हर्षित

ढोरपाटन – बागलुङको तमानखोला गाउँपालिकाले सबैभन्दा टाढाको बस्तीमा नियमित यातायात

चीनमा खाद्य सुरक्षा कानुन लागू

बेइजिङ– अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी

गलेश्वर – प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान

बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको