अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन « Khabarhub

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।

पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरुले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै ¥याली निकालेका थिए ।

‘आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,’ प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने ।

स्थानीय सरकारले यसअघि कक्षा छभन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो, तर त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएको थियो ।

विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाव दिदै आएका छन् ।

देश भित्रका र देश बाहिरका अधिकारवादीहरुको पटक पटकको दवावका आधारमा तालिवान सरकारका अधिकारीहरुले विद्यालय तत्काल खुल्ने र छात्रालाई पनि पढ्न दिने आश्वासन दिने गरेपनि व्यवहारमा भने अझै पनि आलटाल गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : १२ बजे

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका