भेनेजुएलामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता « Khabarhub

भेनेजुएलामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु, ५० बेपत्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काराकस – मध्य भेनेजुएलामा पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारी वर्षापछि नदीको प्रवाह बढ्दा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् ।

ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

‘हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भनेका छन्।

बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक तथा न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ३२ बजे

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच