युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन « Khabarhub

युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३०% ले संकुचित भएको छ । रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यस्त भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको युक्रेनी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बरमा खराब मौसमले उब्जनीमा सुस्त बनाएको, जापोरिज्जिया आणविक उर्जा केन्द्रबाट बिजुली आपूर्तिमा अवरोध आएको विज्ञप्तिमा उल्लेख छ । युक्रेन र रुसले एकअर्कालाई उर्जा केन्द्रमा गोलाबारी गरेको आरोप लगाउँदै आएका छन् ।

तर, निर्यातमा केही सुधार आएको छ । सेप्टेम्बरमा निर्यात २३ प्रतिशतले बढेको छ, जुन फेब्रुवरीमा युद्ध सुरु भएदेखिको उच्चतम स्तरमा पुगेको बताइएको छ । ‘सेप्टेम्बरमा सुधार भयो, तर दुस्मनले युक्रेनी भूभागमा गोलाबारी जारी राख्यो जसका कारण व्यापारिक भवन र लजिस्टिकमा दबाब सिर्जना गर्‍यो’, मन्त्रालयले भनेको छ ।

‘उत्पादन सुविधा, पूर्वाधार र आवासीय भवनको थप विनाश साथै युद्ध कति लामो हुन्छ भन्ने अनिश्चितताले विकासमा बाधा पुर्‍याइरहेको छ र रिकभरी रोकिएको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ५८ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि