शीर्ष नेताहरुको अन्तिम परीक्षा, स्वतन्त्रको अग्निपरीक्षा « Khabarhub

शीर्ष नेताहरुको अन्तिम परीक्षा, स्वतन्त्रको अग्निपरीक्षा

चुनाव केवल राजनीतिक सत्ताको भर्‍याङ मात्रै बनिरहने प्रवृत्ति कहिलेसम्म ?


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आइतबार दिनभरजसो आउँदो चुनावका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारको चर्चा भयो । खासगरि दलका शीर्ष, प्रभावशाली नेताहरूको चर्चा हुँदा यसपटक स्वतन्त्र चुनाव लड्नेहरुको पनि चर्चा व्यापक भयो ।

यसपटक केही शीर्ष नेताहरूको अन्तिम परीक्षाका रुपमा मनोनयन दर्ता भएको चर्चा भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शीर्ष नेताहरूको अन्तिम परीक्षाका रुपमा मनोनयनलाई लिइएको छ ।

तर यसपटक पुराना नेताहरूलाई विस्थापित गर्ने अग्रसरता लिएर स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका उम्मेदवारको पनि चर्चा भइरहेको छ । स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कर्णालीको जाजरकोटमा नरबहादुर कार्की, रञ्जु दर्शना, प्रकाश अधिकारी, अशोक खड्का लगायतले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

उनीहरु केहीले पार्टीबाट र केहीले व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यसरी उम्मेद्वारी दर्ता गराएकामध्ये केही साँच्चिकै जित्ने उम्मेद्वार मानिन्छन् । तर यतिबेला जे जसरी चुनावमा उम्मेद्वारी दर्ता गराउने र त्यसको परिणामको बारेमा अनुमान गरिएको छ, त्यो यसै पनि यकिन गर्न सकिन्न ।

युवा र स्वतन्त्रको लहरले यसपटक कम्तीमा बाबुराम भट्टराई, रामचन्द्र पौडेलले यसपटक चुनाव लडेनन् । दलीय कुरा नमिल्दा भीम रावल, घनश्याम भुसाल, मिनेन्द्र रिजालहरु यतिबेला राजनीतिक मैदानबाट बाहिरिने खतरा छ ।

पार्टीबाट टिकट नपाउनु कम्तीमा त्यही सङ्केतका रुपमा बुझ्न सकिन्छ ।

राजनीतिक दलका नेताहरूले अहिले पनि पार्टीमा आफ्नो चाकरी गर्ने, आफ्नो गुटका नेताहरूलाई मात्रै टिकट दिने प्रवृत्ति यो चुनावमा देखियो । जुन फेरि पनि चुनावलाई सत्तामा जाने भर्‍याङको रुपमा उपयोग गर्ने प्रवृत्ति हावी भइरहेको छ ।

जनता एजेन्डा सम्बोधन गर्ने, पूर्वाधार विकास गर्नेतर्फ कसैको पनि ध्यान गएको छ । सामान्य रुपमा भन्दा पूर्व-राजमार्ग अन्तर्गत नारायणघाट-बुटवलसम्मको बाटोको हरहालतबारे कसैले पनि चाँसो राखेको छैन । कसैले गम्भीर चिन्ता बोकेको छैन ।

दाउन्नेको बाटोले दुःख दिएको वर्षौ भयो । तर पनि कसैलाई चिन्ता छैन । जनताका लागि शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायत एजेन्डा नेताहरुको बन्न सकेको छैन । केवल सत्ताको लागि मात्रै चुनाव लडिरहेका नेताहरूका लागि यसपटक साँच्चै परीक्षा हुने अनुमान गर्न सकिन्छ ।

कम्तीमा काठमाडौँ, धरान र धनगढीका जनताले स्थानीय तहको चुनावमा देखाएको मतदानको नमुना यसपटक प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि दोहोरिएको खण्डमा केही आश गर्ने ठाउँ पक्कै हुनेछ ।

तर कम्तीमा अर्कोपटक चुनाव लड्न धेरैपटक सोच्नुपर्ने, अब जनताले विवेकको प्रयोग गरेर मात्रै भोट हाल्नेछन् भनेर शीर्ष नेताहरूले नै सोच्नुपर्ने दिन पक्कै आउनेछ । यसका लागि नेताहरूले कत्तिको कसरत गर्छन् भन्ने कुरा पनि सतहमा आउनेछ ।

तर जसरी यसपटक स्वतन्त्रहरुको लहरले शीर्ष नेताहरूलाई डर पैदा गराएको छ, त्यसले चुनावी नतिजा थोरै भएपनि फरक पार्नेछ भन्ने अनुमान गर्न सकिन्छ । तर यसको वास्तविकता भने मंसिर ४ पछि मात्रै स्पष्ट हुनेछ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ५६ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल