दैलेखबाट ३६ जनाको उम्मेदवारी « Khabarhub

दैलेखबाट ३६ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दैलेख– दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जनाको उम्मेदवारी परेको छ । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं १ मा नौ र क्षेत्र नं २ मा पाँच समेत १४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन क्षेत्र नंं १ को प्रदेशसभा क्षेत्रका लागि ‘क’ र प्रदेश ‘ख’ मा पाँच-पाँच गरी १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा सात र प्रदेश ‘ख’ मा पाँचसमेत १२ जनाको उम्मेदवारी परेको छ ।

 क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, नेकपा (एमाले) का जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालगायतका नौ जनाको उम्मेदवारी छ । यो क्षेत्रमा एमालेका असन्तुष्ट नेता गोपाल नेपाली, कांग्रेस समर्थक नीरकबहादुर थापा र राजनीति झुकाव कतै नदेखाएका गणेशबहादुर शाहीसमेत तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेमकिपाका प्रकाश गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेपाली कांग्रेस (बिपी) का भुपाल थापाले दलीय प्रतिनिधित्व गर्दै चुनाव लड्दै छन् । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेका पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट केशेन्द्रप्रकाश कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रराज गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारीको उम्मेदवारी परेको छ । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नंं १ को प्रदेश ‘क’ मा नेमकिपाका जगत ओली, नेपाली कांग्रेसका पूर्णबहादुर खत्री, राप्रपाका हृदयराज शाही, एमालेका धर्मराज रेग्मी र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

यसैगरी प्रदेश ‘ख’ मा नेमकिपाका लक्ष्मीकुमारी सिंह, नेपाली कांग्रेसका कृष्णकुमार विसी, राप्रपाका रणबहादुर सिंह, एमालेका प्रेमबहादुर थापा र स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नंं २ को प्रदेश ‘क’ मा कांग्रेसका घनश्याम भण्डारी, एमालेबाट तिलकप्रसाद रिजाल, नेपाल मजदुर किसान पार्टीबाट मदनकुमार भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रेमबहादुर भण्डारी, स्वतन्त्र दुई जना उम्मेदवार चक्रलाल सुनार र पुरुषोत्तम रिजालले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नंं २ को प्रदेश ‘ख’मा एमालेबाट विनोदकुमार शाह, नेपाल मजदुर किसान पार्टीबाट जयबहादुर थापा, नेकपा (माओवादी) बाट योगेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार राजेशकुमार शाहीको मनोनयन दर्ता भएको छ ।

बागी र दल फेरबदल

एमाले नेता गोपाल नेपालीले दैलेख–१ मा प्रतिनिधिसभा र एकीकृत समाजवादीका नेता टेकबहादुर खाणले दैलेख–१ को प्रदेशसभा ‘ख’मा आफ्नै दलसँगको असनतुष्टी प्रतिशोधका लागि उम्मेदवारी दिएका छन् ।

उता एमालेले आफूलाई टिकट नदिएपछि योगेन्द्र शाहीले दैलेख क्षेत्र नं २ को प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गराएका छन् । माओवादी केन्द्रका कार्यकर्ताले आगन्तुकलाई यति ठूलो अवसर दिएको भन्दै सामाजिक सञ्जालमा पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ३६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल