दैलेखबाट ३६ जनाको उम्मेदवारी « Khabarhub

दैलेखबाट ३६ जनाको उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दैलेख– दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जनाको उम्मेदवारी परेको छ । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं १ मा नौ र क्षेत्र नं २ मा पाँच समेत १४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन क्षेत्र नंं १ को प्रदेशसभा क्षेत्रका लागि ‘क’ र प्रदेश ‘ख’ मा पाँच-पाँच गरी १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ मा सात र प्रदेश ‘ख’ मा पाँचसमेत १२ जनाको उम्मेदवारी परेको छ ।

 क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, नेकपा (एमाले) का जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालगायतका नौ जनाको उम्मेदवारी छ । यो क्षेत्रमा एमालेका असन्तुष्ट नेता गोपाल नेपाली, कांग्रेस समर्थक नीरकबहादुर थापा र राजनीति झुकाव कतै नदेखाएका गणेशबहादुर शाहीसमेत तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेमकिपाका प्रकाश गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेपाली कांग्रेस (बिपी) का भुपाल थापाले दलीय प्रतिनिधित्व गर्दै चुनाव लड्दै छन् । त्यस्तै दैलेख निर्वाचन क्षेत्र नंं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेका पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट केशेन्द्रप्रकाश कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रराज गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारीको उम्मेदवारी परेको छ । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नंं १ को प्रदेश ‘क’ मा नेमकिपाका जगत ओली, नेपाली कांग्रेसका पूर्णबहादुर खत्री, राप्रपाका हृदयराज शाही, एमालेका धर्मराज रेग्मी र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

यसैगरी प्रदेश ‘ख’ मा नेमकिपाका लक्ष्मीकुमारी सिंह, नेपाली कांग्रेसका कृष्णकुमार विसी, राप्रपाका रणबहादुर सिंह, एमालेका प्रेमबहादुर थापा र स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नंं २ को प्रदेश ‘क’ मा कांग्रेसका घनश्याम भण्डारी, एमालेबाट तिलकप्रसाद रिजाल, नेपाल मजदुर किसान पार्टीबाट मदनकुमार भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रेमबहादुर भण्डारी, स्वतन्त्र दुई जना उम्मेदवार चक्रलाल सुनार र पुरुषोत्तम रिजालले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नंं २ को प्रदेश ‘ख’मा एमालेबाट विनोदकुमार शाह, नेपाल मजदुर किसान पार्टीबाट जयबहादुर थापा, नेकपा (माओवादी) बाट योगेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार राजेशकुमार शाहीको मनोनयन दर्ता भएको छ ।

बागी र दल फेरबदल

एमाले नेता गोपाल नेपालीले दैलेख–१ मा प्रतिनिधिसभा र एकीकृत समाजवादीका नेता टेकबहादुर खाणले दैलेख–१ को प्रदेशसभा ‘ख’मा आफ्नै दलसँगको असनतुष्टी प्रतिशोधका लागि उम्मेदवारी दिएका छन् ।

उता एमालेले आफूलाई टिकट नदिएपछि योगेन्द्र शाहीले दैलेख क्षेत्र नं २ को प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गराएका छन् । माओवादी केन्द्रका कार्यकर्ताले आगन्तुकलाई यति ठूलो अवसर दिएको भन्दै सामाजिक सञ्जालमा पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ३६ बजे

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट