घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार « Khabarhub

घिमिरे भए रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भैरहवा- एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो ।

एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए । निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलाे पटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर मनाेनयन दर्ता गर्न गएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ०९ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,