महिला २०-२० क्रिकेट : नेपाल पुलिस क्लब विजयी « Khabarhub

महिला २०-२० क्रिकेट : नेपाल पुलिस क्लब विजयी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । 

११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो । खरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो भने जबाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १०.२ ओभरमा ७ विकेटको क्षतिमा १७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडको आधारमा नेपाल पुलिस क्लब विजयी भएको हो । 

खेलमा सर्वाधिक २५ रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले १६ रन, काजल श्रेष्ठले १६ रन, सम्झना खड्का २५ रन, अप्सरी बेगमले ४ रन, रेवती धामीले १४ रन, कविता जोशीले ८ रन र रूबिना क्षेत्रीले ९ रन जोड्दै उक्त योगफल बनाएका थिए भने बलिङतर्फ सबनम राई, संगिता राई, कविता जोशी, ईश्वरी बिष्ट र हिरुमई रायले समान १ विकेट लिएका थिए । 

दुई समूहमा विभाजित महिला क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह बी मा रहेको छ । जसमा कर्णाली प्रदेश, १ नम्बर प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । समूह एु मा सशस्त्र प्रहरी, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २६ गते १ नम्बर प्रदेशको टिमसँग दोस्रो खेल र असोज २८ गते लुम्बिनी प्रदेशसँग तेस्रो खेल खेल्नेछ । 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : ५० बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि