विश्वकपलाई सफल बनाउन कतारमा कार्यरत नेपालीलाई राजदूत ढकालको आग्रह « Khabarhub

विश्वकपलाई सफल बनाउन कतारमा कार्यरत नेपालीलाई राजदूत ढकालको आग्रह


२४ कार्तिक २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डाक्टर नरेश विक्रम ढकालले आगामी नोभेम्बर २० मा कतारमा सुरु हुने फिफा विश्वकप-२०२२ सफल बनाउन कतारमा कार्यरत नेपाली समुदायलाई आग्रह गरेका छन् ।

राजदूत ढकालले एक सन्देश जारी गर्दै कतारमा क्रियाशील नेपाली समुदाय तथा विभिन्न संघसस्थाहरुलाई कुनै कार्यक्रम भए सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता र उच्च मर्यादा देखाउन भनेका छन्। यही २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म फिफा विश्वकप २०२२ एसिया क्षेत्रको कतारमा हुँदैछ।

साथै उनले नेपालीहरुले कतारको विकास तथा संवृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चअधिकारीहरुले मुक्तकण्ठले प्रशंसा गरिरहेको जानकारी गराउन पाउँदा आफू हर्षित रहेको बताएका छन् ।

उनले नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणाहरु रहेको पनि बताएका छन् । हाम्रो सम्बन्धलाई बहुआयमिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले निरन्तररुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्नेमा ढकालले जोड दिएका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ११ बजे

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ