विश्वकपका लागि फ्रान्सको टोली घोषणा, पोग्वा र कान्टे बाहिर « Khabarhub

विश्वकपका लागि फ्रान्सको टोली घोषणा, पोग्वा र कान्टे बाहिर


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुबै खेलाडी चोटका कारण मैदान बाहिर छन् ।

चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ ।

समूह डी मा रहेको फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्नेछ । समूहमा डनमार्क र ट्युनिसिया रहेका छन् ।

फ्रान्सको टोलीः
गोलरक्षकः ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

रक्षकः लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डरः एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

स्ट्राइकरः करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ३१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले