सुन्दरबजारमा नमुना मतदान सम्पन्न  « Khabarhub

सुन्दरबजारमा नमुना मतदान सम्पन्न 


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला निर्वाचन कार्यालयले सुन्दरबजार नगरपालिकाको खत्रीठाँटीमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाका आठबटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार सुन्दरबजार नगरपालिकामा भएको बताइएको छ ।

मतदानको क्रममा नगरपालिकाको वडा नं.६ खत्रीठाँटीस्थित शान्ति निकेतन प्राथमिक विद्यालयको छेउछाउमा प्रहरीहरू राखिएका थिए । म्यादी प्रहरीहरूले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमूना गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाइनमा केही मानिसहरूलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरूले डोरी टाँगिएको लाइनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए ।

नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि ३४ जना महिला र ४१ जना पुरुष गरी ७५ जना सहभागी भएका थिए। उनीहरूले दिएका मतमध्ये ८ मत पूर्ण रूपमा बदर भएका थिए। मतदाताले विभिन्न चारवटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए ।

 मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिन्हमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख कृष्ण प्रसाद कोइराला र उपप्रमुख भवानी केसी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटा, वडा नं.५ र ६ का वडा अध्यक्षहरु श्रीकाजी गुरुङ र दिनेश बाबु कोइराला, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति थियो। स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।

जिल्लाका आठवटै पालिकामा आज नमूना मतदान कार्यक्रम सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए। सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन्। जसमध्ये सुन्दरबजार नगरपालिकामा २९ मतदान केन्द्र रहेका छन् । जसमा २१ हजार १ सय ३८ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन्। लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : ४१ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज