निर्वाचनको बेला विकासका आश्वासन मात्रै « Khabarhub

निर्वाचनको बेला विकासका आश्वासन मात्रै


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको बेदकोट नगरपालिका-७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी यसपटक मतदान गरेर फर्किने तयारीमा छन्। ‘गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ’, उनले भने, ‘भारतमा काम गर्ने बेला नेपालका नेताको समाचार सुन्दा दिक्क लाग्थ्यो ।’ 

उनले निर्वाचनको बेला मात्रै विकासका आश्वासन दिने र पछि काम नगर्ने प्रवृत्तिले दलहरु प्रति वितृष्णा जागेको बताए । ‘हामीले धेरै चुनावमा आश्वासन पायौँ अब हामीलाई विकास चाहियो’, उनले भने, ‘यसपटक पनि आश्वासन धेरै पाइएको छ, हेरौँ के गर्छन् ।’ अहिले पनि यहाँका उम्मेदवारले दैजी छेलामा औद्योगिक क्षेत्र स्थापना गर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण गर्ने र महाकाली करिडोर निर्माण गरी कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने चुनावी मुद्दा बनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका–८ का इन्दा सुनारलाई दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाको कुरा सुनेको करिब सात वर्ष भयो । ‘अघिल्लो निर्वाचनका बेला यहाँ सुक्खा बन्दरगाह बन्छ, रोजगारी पाइन्छ भन्थे’, उनले भने, ‘अहिले पनि उम्मेदवारले त्यही आश्वासन मात्रै दिने गरेका छन ।’ उनले उपचारका लागि दोधारा चाँदनीमै अस्पताल हुनुपर्ने बताए । ‘हामीलाई उपचार गर्न धेरै समस्या पर्छ यहाँ सुविधा सम्पन्न अस्पताल छैन’, उनले भने, ‘हामीलाई ,बिजुली, खानेपानी र अस्पताल चाहियो ।’ 

उनले यसपटक पनि गाउँमा सुविधा नभए अर्को पटक मतदान नगर्ने बताए । भीमदत्त नगरपालिका–९ का राम नाथलाई महाकाली करिडोर घरआँगनमै पुग्छ भन्ने सुनेको करिब दशक भइसक्यो । ‘महाकाली करिडोर बन्छ मात्रै भन्छन तर बन्ने कहिले हो ?’, उनले आक्रोशित हुँदै भने , ‘हाम्रो पालामा त त्यस्तै हो नातिको पालामा बन्ला ।’ उनले विकास कुरा धेरै सुनेको तर काम कहीँ नभएको बताए। उनी यसपटक मतदान नगर्ने मनस्थितिमा छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यहाँका उम्मेदवारले महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगादैजीछेला औद्योगिक क्षेत्रको मुद्दा प्राथमिकताका साथ उठाएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार मतदातालाई आश्वस्त पार्न व्यस्त छन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १ : ५० बजे

बुटवलमा सुकुम्वासीको विरोध प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका पदाधिकारीले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही पदाधिकारीले

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सर्लाहीको हरीपुर्वा नगरपालिका-९ स्थित सडकमा ग.१ ख ९४६७ नम्बरको बसले ना.४८

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान