मनिषा कोइराला राप्रपाको चुनावी अभियानमा सहभागी हुने « Khabarhub

मनिषा कोइराला राप्रपाको चुनावी अभियानमा सहभागी हुने


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन् । युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर घर फर्कदैन छु,’ मनिषाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् । 

राष्ट्रवाद, देशको ऐतिहासिक र सांस्कृतिक विरासत बारे उनको बुझाइले उनी देशका अन्य समकालीन राजनीतिज्ञहरू भन्दा माथि रहेको दाबी पनि उनले गरेकी छन् । 

‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ,’ मनिषाले भनेकी छन् । 

प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठूलो क्षति पुर्‍याएको उनले बताएकी छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ४ : ५४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु