टि- २० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड विजयी, भारत १० विकेटले पराजित « Khabarhub

टि- २० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्याण्ड विजयी, भारत १० विकेटले पराजित


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियामा जारी आईसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डले भारतलाई पराजित गरेको छ । एडिलेड ओभलमा भएको खेलमा इङ्ग्ल्याण्डसँग भारत १० विकेटले पराजित भएको हो ।

इङ्ग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिलो इनिङ्समा भारतले १६८ रन जोडेको थियो । १६९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको इङ्ग्ल्याण्डले १६ औँ ओभरमा कुनै विकेट नगुमाइ १७० रन बनायो ।

इङ्ग्ल्याण्डका लागि एलेक्स हेल्सले ४७ बलमा सर्वाधिक ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै, उनका साझेदार जोस बट्लरले ४९ बलमा ८० रन जोडे । उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रन बनाएका थिए । त्यस्तै, विराट कोहलीले ५० रन जोडे । इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए ।

यससँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनलमा इङ्ग्ल्याण्डले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ५ : ०३ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको