अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा मुद्दा दायर


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुसवापतको रकम पाँच हजार मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार छ सय भेटिएको थियो । 

पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रूपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध २० लाख ७५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु