एकीकृत विकासको अवधारणाअनुसार काम गर्छु : विद्या भट्टराई « Khabarhub

एकीकृत विकासको अवधारणाअनुसार काम गर्छु : विद्या भट्टराई


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पोखरा– आसन्न मङ्सिर ४ को आम निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत विकासको अवधारणाअनुरूप काम गर्ने बताएकी छिन् ।

निर्वाचन अभियानका क्रममा पोखरा महानगरपालिका वडा नं ३३ पुगेकी भट्टराईले मतदाताको चाहना स्थानीयको आवश्यकतालाई प्राथमिकीकरण गरेर योजनाबद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्ने बताएकी हुन् ।

पूर्वमन्त्री स्व रवीन्द्र अधिकारीको जन्मथलो रहेको भरतपोखरीका जनताले संघीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक रहेको जनाउँदै यो महत्वपूर्ण अवसरलाई सही सदुपयोग गरेर मतदाताको मन जित्नसमेत सुझाव दिएका छन् । 

स्थानीयले विसं २०६६ मा पर्यटन क्षेत्रका रूपमा घोषणा गरेको उक्त क्षेत्रमा पर्यटकीय विकासको थप काम प्रतिवद्धतापत्रमा समावेश भएको र अब त्यसको कार्यान्वयनका लागि तदारुकता देखाउन आग्रह गरेका थिए । 

सो अवसरमा उम्मेदवार भट्टराईले यसअघि आफू सांसद हुँदा भएका विकास निर्माणको जानकारी गराएकी थिइन् । त्यसैगरी कास्की-२ ९१० प्रदेशसभा सदस्य पदका उम्मेदवार भीमबहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाँलाई महानगरीय विकासको अवधारणाअनुसार विभिन्न मोडलमा विकास गर्ने भन्दै पोखरा-३३ र २१ लाई ‘ग्रिन हिल सिटी’का रूपमा विकासको योजना रहेको बताइन् ।

उनले एमाले नेतृत्वको प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र औद्योगिक क्षेत्रका स्थानीयको  माग  व्यवस्थापन गरेर मात्रै  निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ७ : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु