‘गणेशमान सिंहको सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक « Khabarhub

‘गणेशमान सिंहको सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको सङ्घर्ष’ उनकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उनको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उनकी कान्छी सुपुत्री डा मीता सिंहले लेखेकाे दुई सय ३१ पृष्ठको सो पुस्तक आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।

पुस्तकमाथि प्रकाश पार्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्वप्रतिनिधि प्रा जयराज आचार्यले गणेशमान एक निष्ठावान् लौहपुरुष मात्र नभई एक बौद्धिक व्यक्तित्व तथा परिपक्व राजनीतिज्ञ पनि भएका बताए । कांग्रेसका लोकप्रिय नेता बिपी कोइरालाको देहावसानपछि पनि पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्दै गणेशमान सिंहले विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःस्थापनाका निम्ति पु¥याउनुभएको महत्वपूर्ण योगदानको उनले चर्चा गरे ।

रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सर्वोच्च नेता सिंह बाहिरबाट कठोर देखिए पनि भित्रबाट अत्यन्त कोमल तथा सहृदयी भएको बताए । नेता सिंहले प्रजातन्त्रवादी र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने कार्य नगर्नु भएको भए निरंकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्र प्रणालीको स्थापना असम्भव रहेको उनको भनाइ थियो ।

समाजसेवी दुर्गा घिमिरेले डा सिंहद्वारा लिखित सो पुस्तकमा गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि आर्थिक क्रान्ति र समानताको मुद्दा उठाउनुभएको भन्दै पुस्तक अहिलेका युवा वर्गको निम्ति पठनीय तथा प्रेरणादायी हुने विचार व्यक्त गरे ।

पुस्तकका लेखक डा सिंहले बुबा गणेशमान सिंहले गर्नुभएको त्याग, तपस्या र सङ्घर्षबारे आजको युवा पुस्तालाई जानकारी मिलोस् र त्यसबाट देश तथा समाजको निम्ति केही गर्ने प्रेरणा प्राप्त होस् भनी पुस्तक नेपालीमा अनुवाद गरिएको बताए । उक्त पुस्तक गत वर्ष प्रकाशित डा सिंहद्वारा रचित ‘‘द स्ट्रगल अफ गणेशमान सिंह’’ को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद अन्विका गिरीले गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ८ : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु