नागरिक उन्मुक्ति पार्टी सर्तसहित सरकारमा जाने « Khabarhub

नागरिक उन्मुक्ति पार्टी सर्तसहित सरकारमा जाने

सांसदले पारिश्रमिकको ५० प्रतिशत लेबि बुझाउने


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेशम चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी हुने बताएको छ।

शुक्रबार काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिएका छन्।

साथै बैठकले पार्टीबाट निर्वाचित सांसदले पारिश्रमिकको ५० प्रतिशत लेबि बुझाउने निर्णय पनि गरेको छ। पार्टीले यही वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टिकापुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।

यस्तै, बर्दिया क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित स्वतन्त्र सांसद लालवीर चौधरी आफ्नै बुहारी रन्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : १२ बजे

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा