गठन्धनको अन्यौलताले निम्त्याउने राजनीतिक दुर्घटना « Khabarhub

गठन्धनको अन्यौलताले निम्त्याउने राजनीतिक दुर्घटना

प्रधानमन्त्रीको मात्रै कुर्सी ताक्दा अस्थिरताको भयावह जोखिम


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजनीतिक दलका शीर्ष नेताहरु केही दिनयता गम्भीर रुपमा सरकार गठनबारे परामर्शमा छन्। कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित भएका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठनका लागि प्रयासमा छन्।

तर त्यो भन्दा अगाडि संसदीय दलको चुनाव जित्नु उनका लागि मुख्य चुनौती छ। कांग्रेसका युवा नेता गगन थापा देउवालाई चुनौती दिन लागि परेका छन्।

गगन र देउवाको प्रतिस्पर्धा यतिबेला आफ्नो ठाउँमा भए पनि प्राप्त बहुमतको सदुपयोग गर्ने वा फेरि अस्थिरताको लडाइमा जनताका आशालाई निराशामा बदल्ने भन्ने निर्णायक निर्णय सत्ता गठबन्धनलाई गर्नुपर्ने जिम्मेवारी छ।

यतिबेला देउवा, प्रचण्ड र माधव नेपालसामु तीन वटा विकल्प देखिन्छन्। पहिलो, प्रधानमन्त्रीमा आलोपालो। नेताहरुको मुख्य लडाई नै यो पदका लागि हुने गरेको छ। यो पदकै कारण पार्टी फुट्ने र जुट्ने काम नेपालमा हुँदै आएका छन्।

यतिबेला कांग्रेस एकमत छ। अनि माओवादी र नेकपा एकीकृत समाजवादी शक्तिका हिसाबले धेरै कमजोर छन्। यद्यपि सत्ता गठबन्धनमा उनीहरु निर्णायक हुन्। उनीहरुकै निर्णयमा आगामी सरकार बन्ने र भत्कने हुन्छ।

यस्तो अवस्थामा पदीय भागबण्डा होस् वा शक्ति बाँडफाँड। कांग्रेस, माओवादी र नेकपा समाजवादीले सुझबुझ भएर अघि बढ्नुपर्ने हुन्छ। प्रधानमन्त्री पदका लागि नेताहरुले आलोपालो गरे पनि फेरि अन्योलको वातावरणले गठबन्धन टुट्ने र देश दुर्घटनामा फस्ने सम्भावना रहन्छ।

केवल कुर्सीकै लागि भन्दा पनि आगामी पाँच वर्षमा जनताले चाहेको परिवर्तन कसरी टिकाइरहने भन्ने कुरा महत्त्वपूर्ण हो। यदि अहिले देउवा, प्रचण्ड र माधव नेपालले केवल सत्तालाई मात्रै ध्यान दिने हो भने अहिले गगन थापा र रवि लामिछानेको आवाज झन् चौगुना बढेर जानेछ।

जसकारण दलका शीर्ष नेताहरुलाई अर्को चुनावमा आफैलाई जित्न पनि हम्मेहम्मे पर्नेछ। त्यसका लागि सरकार बनाउनुअघि नै शीर्ष नेता र प्रमुख दलले पाँच वर्षको स्पष्ट सहमति तथा हिसाबकिताब गरेर मात्रै अगाडि बढ्दा देशमा स्थिरता रहला।

अन्यथा पाँच वर्षअघि केपी ओलीको दम्भले आज एमाले जुन ठाउँमा छ, भोलि त्यही ठाउँमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी रहन सक्छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ०३ बजे

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम