परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य | Khabarhub Khabarhub

परिषदले पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्छ : आचार्य


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् ।

एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै उनले त्यसलाई अत्यन्तै तल्लोस्तरको मिडियाबाजी भएको प्रतिक्रिया दिएका छन् ।

एनआरएनएलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने नेपाल सरकारको नयाँ नियमबारे जानकारी गराउन आयोजित भर्चुअल कार्यक्रमपछि आचार्यले विधि र विधानभन्दा बाहिर गएर गरिएको सहमति मान्य नहुने बताए । ‘हामीले सहमति गर्ने भए किन एनसीसी चाहिए, प्रतिनिधि किन चाहियो, विधान किन चाहियो ?’उनले प्रश्न गरे।

अध्यक्ष कुमार पन्त र आफू विवाद समाधान गर्नका लागि आन्तरिक छलफलमा रहेकै बेला एक्कासी सहमति भएको भनि प्रचार गरिएको भन्दै उनले केही स्वार्थी व्यक्तिहरुले संस्थालाई बिखण्डनतिर लैजाने दुस्प्रयास गरेको आरोप लगाए । एनआरएनए सबै अभियन्ता संस्थाप्रति चिन्तित रहेको जानकारी दिँदै सल्लाहकार आचार्यले सहमतिको नाममा गरिएको कुप्रचारको बैधता नहुने जिकिर गरे ।

१०औं महाधिवेशनबाट नेतृत्व लिनका लागि दौडमा रहेका उमेदवारले प्रतिनिधि चयन गर्न अधिकार नभएको बताउँदै आचार्यले भने,‘जुन दिन राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएको प्रतिनिधि चयनले मान्यता पाउँछ त्यो दिन मात्रै निर्वाचन र महाधिवेशन हुन्छ।’

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : २५ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने