भारतको स्वतन्त्रता दिवसको अवसरमा पोखरामा स्वास्थ्य शिविर « Khabarhub

भारतको स्वतन्त्रता दिवसको अवसरमा पोखरामा स्वास्थ्य शिविर


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

भारतीय पेन्सन क्याम्प रामबजारमा आयोजित रक्तदान कार्यक्रममा १११ पिन्ट रगत सङ्कलन गर्नुका साथै मुख, दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ जीवनयापनका लागि जीवनशैलीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशाङ्क त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै भुतपूर्व सैनिकको सेवाका साथै रचनात्मक क्रियाकलापमा क्याम्पबाट निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे। क्याम्पमा आवद्ध चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, रक्तदान अभियानकर्मी सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, गोर्खा क्युनिटी समूहका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अधिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले रक्तदानकको महत्व एवं उपादेयतामाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : १९ बजे

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२