चितवन राष्ट्रिय निकुञ्जमा साढे १३ वर्षमा २८९ वटा गैंडा मरे | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा साढे १३ वर्षमा २८९ वटा गैंडा मरे


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर – चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन्। मरेका गैंडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी गैंडा मरेका छन्। उक्त वर्ष मरेका ४३ गैंडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिंग पहिचान गर्न नसकिएको तिवारीले बताए।

चितवन निकुञ्जमा २०६५/६६ मा १७, २०६६/६७ मा २५, २०६७/६८ मा १६, २०६८/६९ मा १३, २०६९/७० मा १० गैंडा मरेका थिए। त्यस्तै आव २०७०/७१ र २०७१/७२ मा ११/११ वटा, २०७२/७३ मा १४, २०७३/७४ मा २५, २०७४/७५ र २०७६/७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैंडा मरेका निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। तिवारीका अनुसार चालु आवको हालसम्म १९ वटा गैंडा मरेका छन्।

चालु आवमा मरेका १९ गैँडामध्ये दुईवटा गैँडा चोरी शिकारी, प्राकृतिक कारणले तीनवटा, सिमसार तथा बालुवामा फसेर सात, एकापसमा जुधेर चार, बाघको आक्रमणबाट एक, दुईवटा गैंडाको कङ्कालमात्रै भेटिएका कारण मृत्युको कारण पत्ता नलागेको तिवारीले बताए।

चितवन राष्ट्रिय निकुञ्जले गैंडा संरक्षणका लागि विभिन्न पहल गर्दै आएको भए पनि चोरी शिकारी नियन्त्रण गर्न भने असफल देखिएको छ। निकुञ्जले पछिल्लो साढे १३ वर्षको अवधिमा विभिन्न समयमा गरी तीनपटकसम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको थियो।

चोरी शिकारी शून्य बनाउन भन्दै निकुञ्जले मध्यवर्ती क्षेत्रको समुदायमा चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानसहित विभिन्न समूह तयार पारेर वर्षेनी ठूलो बजेट छुट्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। समुदायमा संरक्षणसम्बन्धी चेतना बढ्दै गएको भए पनि पछिल्लो समय चोरी शिकारीका कारण गैँडा मर्नुले निकुञ्जको सुरक्षा व्यवस्थामा भने प्रश्न उठेको छ। निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीले नै निकुञ्जभित्रका विभिन्न ५८ स्थानमा राखिएको छ।

त्यस्तै हिउँदको समयमा विभिन्न योजना थप गर्दै निकुञ्जभित्र सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइँदै आएको छ। चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ५९ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा