अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह « Khabarhub

अफगानिस्तानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले अमेरिकाद्धारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।

हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरु निकै अप्ठेरोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गरेका हुन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका हुन् ।

अफगान नागरिक यतिबेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरु फुकुवा गर्नुपर्ने उनको भनाइ थियो ।

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १ : ४५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क