माघी पर्वमा तीन दिन सार्वजनिक बिदा | Khabarhub Khabarhub

माघी पर्वमा तीन दिन सार्वजनिक बिदा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।

‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’

उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : १५ बजे

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

म्याग्दी– पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको

विश्वव्यापी सार्वजनिक ऋण एक सय ट्रिलियन डलर पुग्ने अनुमान

एजेन्सी– आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन- प्रश्न नउठ्ने गरी काम गर्नू

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी

लेबनानमा इजरायली आक्रमण तीव्र 

एजेन्सी– इजरायली सेनाले मंगलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

मान्म – यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता