पीएम कप : एपीएफको लगातार दोस्रो जित « Khabarhub

पीएम कप : एपीएफको लगातार दोस्रो जित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो ।

एपीएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रनको योगदान दिए ।

बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिशत जिसीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर ईशान पाण्डेले २९ रन बनाए । यस्तै सुभाषले २१ रन जोडे  भने नन्दन यादवले २४ र आदिल खानले १८ रनको योगदान गरे ।

एपीएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र शरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको एपीएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ०० बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई