एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित « Khabarhub

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैरे एमालेको जिल्ला अध्यक्ष बने ।

फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमाले छिरेका गैरे अध्यक्ष निर्वाचित हुँदा पराजित भएका मरासिनी प्रतिनिधिसभा सांसद हुन् ।

गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाए । उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध चयन भए भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए । उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएको एमाले स्याङ्जाले जनाएको छ । पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैरेको प्यानलबाट चुनाव लडेका थिए ।

गैरेलाई केन्द्रीय सचिव पद्मा अर्यालको समर्थन थियो । मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन गरेका थिए । माओवादीबाट वैद्य समूहसँगै निस्किएका गैरे पुनः माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् ।

मरासिनी सुरुदेखि नै एमालेमा थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ५० बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले