पृथ्वीनारायण राष्ट्र निर्माण कर्ता हुन : गगन थापा « Khabarhub

पृथ्वीनारायण राष्ट्र निर्माण कर्ता हुन : गगन थापा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माण कर्ता भएको बताएका छन् । ३०० औँ पृथ्वी जयन्तीका अवसरमा मंगलबार महामन्त्री थापाले पृथ्वीनारायणबारे फेसबुकमार्फत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

थापाले राष्ट्र निर्माणका धेरै चरण हुने भन्दै भौगोलिक एकीकरण राष्ट्र निर्माणका पहिलो चरण भएको उल्लेख गर्दै पृथ्वीनारायण राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको उल्लेख गरेका छन् । उनले पृथ्वीनारायणका सन्ततिले गरेका जनघाति कामका लागि उनको मुल्यांकन गर्न नहुनेसमेत बताएका छन् ।

थापाको स्टाटस

पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर,जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन। किनकी सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाई प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।

कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन।

पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आबश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ। हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्छ।

३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपूर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ५५ बजे

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको