२४ घण्टामा विश्वभर २५ लाखले जिते कोरोना « Khabarhub

२४ घण्टामा विश्वभर २५ लाखले जिते कोरोना


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका छन्।

भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ५९ लाख नाघेको छ। जसमध्ये ३२ करोड ५७ लाख निको भएका छन् भने ५८ लाख ६ हजारको मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ९ हजार ९ सयको मृत्यु भएको छ। अझै पनि ७ करोड ४४ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव १ प्रतिशत अर्थात् ८९ हजारको अवस्था जटिल रहेको छ। अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएका छन्। २४ घण्टामा थप १२ सक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ४१ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको