२४ घण्टामा विश्वभर २५ लाखले जिते कोरोना « Khabarhub

२४ घण्टामा विश्वभर २५ लाखले जिते कोरोना


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका छन्।

भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ५९ लाख नाघेको छ। जसमध्ये ३२ करोड ५७ लाख निको भएका छन् भने ५८ लाख ६ हजारको मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ९ हजार ९ सयको मृत्यु भएको छ। अझै पनि ७ करोड ४४ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव १ प्रतिशत अर्थात् ८९ हजारको अवस्था जटिल रहेको छ। अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएका छन्। २४ घण्टामा थप १२ सक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : ४१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले