फिफा वरीयतामा नेपालको दुई स्थान सुधार « Khabarhub

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले सुधार गरेको हो।

नयाँ वरीयता अनुसार समग्रमा १६७औँ स्थानमा रहेको छ। यसअघि नेपाल १६९औँ स्थानमा थियो। दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ। भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको हो।

भारत समग्रमा १०४औँ र माल्दिभ्स १५७औँ स्थानमा छन्।

बंगलादेश १८६औँ, भुटान १८५ औँ, पाकिस्तान १९७ औँ र श्रीलंका २०४औँ स्थानमा छन्। दक्षिण अफ्रिकी मुलुक मोरिसससँग दुई खेलमा विजयी भएपछि नेपालले फिफा वरीयता सुधार गरेको हो।

फिफाको पहिलो स्थानमा बेल्जियम छ भने ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो स्थानमा छन्।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ०६ बजे

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र