दाङमा चप्पल गोदाममा आगलागी हुँदा एक घाइते « Khabarhub

दाङमा चप्पल गोदाममा आगलागी हुँदा एक घाइते


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ ।

आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ४६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली