गठबन्धन टुट्छ तर एमसीसी अघि बढ्दैन : एकीकृत समाजवादीकी नेतृ शाह « Khabarhub

गठबन्धन टुट्छ तर एमसीसी अघि बढ्दैन : एकीकृत समाजवादीकी नेतृ शाह


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसीसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं तर एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनेकी छन्।

कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,’ उनले थपिन् ।

शाहले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसीसी बन्न नहुनेमासमेत सत्तारुढ दलहरुको ध्यानाकर्षण गरिन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : १० बजे

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो