हङकङको जस्तो अस्थिरता नओस् भनेर मकाओ नियन्त्रणमा चीन « Khabarhub

हङकङको जस्तो अस्थिरता नओस् भनेर मकाओ नियन्त्रणमा चीन


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले हङकङको जस्तो अस्थिरता दोहोरिन नदिनका लागि मकाओमा नियन्त्रण गर्ने योजना अघि बढाएको छ। मकाओमा हुन लागेको निर्वाचन र राष्ट्रिय सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चीनले आफ्नो राष्ट्रिय सुरक्षा नीतिलाई संशोधन गरेको पाइएको छ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हङकङमाजस्तो स्वतन्त्रता र प्रजातन्त्रको मागका लागि कुनै आवाजहरु उठ्न नपाउन् भन्नका लागि चीनले आफ्नो सुरक्षा नीतिलाई संशोधन गर्दै मकाओमा कडाइ गर्न थालेको हो। मकाओ सरकारले आफ्नो सुशासनलाई बलियो बनाउनका लागि र राष्ट्रिय सुरक्षाका दृष्टिले सहरमा कानुनी शासन कायम गर्न डिसेम्बर १६ मा पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो।

उक्त पञ्चवर्षीय योजनामा राष्ट्रिय सुरक्षा कानुनको पूर्णता, सञ्चारमा हुने अवरोध र आतंकवादको पूर्ण नियन्त्रण, कुनै पनि प्रतिबन्धका विषयमा निर्णय र निर्वाचन प्रणालीमा सुधारलगायतका विषयहरु उल्लेख गरिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

उक्त दस्तावेजमा पछिल्लो निर्वाचन प्रणाली सुधार गर्दै सहरको शासनलाई सुरक्षित र राष्ट्रवादीहरुको हातमा सुम्पिने कुराको पनि सुनिश्चितता गरिने जनाइएको छ। हेरिटेज फाउन्डेसन एसियन स्टडिजका अध्येता माइकल कनिङहामले मकाओमा निर्वाचन प्रणालीमा सुधार गर्दै आफूले चाहेको व्यक्तिलाई मकाओको शासनमा राख्न चीनले नीति परिवर्तनको खेल खेलेको बताएका छन्।

मकाओको अहिलेको शासन नै बेइजिङ समर्थक भएको र आगामी शासनसत्तालाई थप प्रभावकारी बनाउका लागि भूमिका खेल्नेसमेत उनले बताएका छन्।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : ४१ बजे

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र