गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग « Khabarhub

गाई गोरु काट्न नपाइने व्यवस्था हटाउन माग


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका सत्तारुढ गठबन्धनले मुलुकी अपराध संहिता २०७४ को धारा २८९ खारेजीको माग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजादी पार्टीले मुलुकी अपराध संहिताको धारा २८९ मा उल्लेखित ‘गाई गोरु मार्न वा कुट्न नहुने’व्यवस्था खारेजीका लागि पहल गर्ने निर्णय गरेका हुन् ।

२६ माघमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आदिवासी जनजाति समुदायलाई दुःख दिने, मुद्दा लगाउने कार्य हुन नदिन संविधानसँग बाझिएको मुलुकी अपराध संहिताको धारा खारेजीका लागि नेपाल सरकारसमक्ष माग गर्ने र सोको लागि गठबन्धनमा आवद्ध दलले आ-आफ्नो पार्टीका केन्द्रीय समितिलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरिएको बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

गोरु काटेर मासु बिक्री गर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ र ३५ वर्षीय गणेशबहादुर तामाङ २३ माघमा पक्राउ परेपछि गठबन्धनको यस्तो धारणा सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ४५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा