पेट्रोकेमिकल प्लान्टमा विस्फोट, चारको मृत्यु « Khabarhub

पेट्रोकेमिकल प्लान्टमा विस्फोट, चारको मृत्यु


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल–दक्षिण कोरियाको येओसु सहरमा रहेको एक पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा त्यहाँ कार्यरत कामदार रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

येओचुन एनसीसी (वाईएनसीसी)मा रहेको प्लान्टमा सो विष्फोट भएको अधिकारीहरुले बताएका छन् । सफाइ गर्ने क्रममा प्लान्टमा रसायन चुहावट हुदाँ विष्फोट भएको बताइएको छ । यता सरकारले प्लान्टलाई उत्पादन गर्न रोक लगाउन आदेश दिएको छ ।

विष्फोटपछि उत्पादन स्थगित गर्ने वा प्लान्ट बन्द गर्ने निर्णय गर्ने भन्ने विषयमा छलफल हुने त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

प्लान्टमा ज्वलनशील तरल पदार्थ हाइड्रोकार्बन मिश्रण नाफ्थालाई, रसायन, सिन्थेटिक रबर र प्लास्टिकको निर्माणमा प्रयोग हुने कच्चा पदार्थमा रूपान्तरण गर्ने गरिन्छ । प्लान्टले प्रति वर्ष ४ लाख ७ हजार इथिलीन उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : १५ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी