राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा खर्च १६ प्रतिशत मात्रै « Khabarhub

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा खर्च १६ प्रतिशत मात्रै


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको छ ।

अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक रहेको पाइएको हो ।

अर्थका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बितेका ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि विनियोजन गरिएको कूल बजेटको १६.३९ प्रतिशत मात्र खर्च भएको छ । अर्थात चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।

यसवर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड १८ लाख र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो ।

अर्थका अनुसार २०७८ साउन देखि पुस मसान्तसम्म चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : १० बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको