राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा खर्च १६ प्रतिशत मात्रै « Khabarhub

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक, ६ महिनामा खर्च १६ प्रतिशत मात्रै


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक पाइएको छ ।

अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षमा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति निराशाजनक रहेको पाइएको हो ।

अर्थका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बितेका ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि विनियोजन गरिएको कूल बजेटको १६.३९ प्रतिशत मात्र खर्च भएको छ । अर्थात चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।

यसवर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड १८ लाख र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो ।

अर्थका अनुसार २०७८ साउन देखि पुस मसान्तसम्म चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४८ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : १० बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब