भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा « Khabarhub

भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ ।

यो सुविधा जनवरी १९ देखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश गर्ने विद्यार्थी भिषावाहकले पाउनेछन् । विद्यार्थी भिषाको सबक्लासहरु ५००, ५६०, ५७०, ५७१, ५७२, ५७३, ५७४ र ५७५ वहाकले भिषा शुल्क फिर्ता पाउने भएका हुन् । भिषा वाहकले तोकिएको समयमा सन् २०२२ को डिसेम्बर ३१ भित्रमा शुल्क फिर्ता लिन सक्नेछन् । भिषा शुल्क करिब ६३० डलर रहेको छ ।

भिषाबाहकले भिषा शुल्क फिर्ता लिनका लागि १४२४ नम्बरको फारम भर्नुपर्नेछ । जसका लागि सबैभन्दा पहिले गृह मन्त्रालयको यो लिंकमा जानुहोस् । वेवसाइटमा रहेको फारम डाउनलोड गरेर भरेपछि दुइ तरिकाले आवेदन प्रकृया अघि बढाउन सकिन्छ । भिषा शुल्क इमि अकाउन्टमा तिरेकाहरुको हकमा त्यसमा लगइन गरेर म्यानेज पेमेन्टमा जानुपर्छ । त्यसपछि क्रेडिटमा गएर रिक्वेष्ट रिफण्ड थिच्नुपर्छ ।

रेक्वेष्ट गरेपछि पनि अनिवार्य रुपमा १४२४ नम्बरको फारम भर्नुपर्छ । इमि अकाउण्टबाट पैसा तिरेको होइन भने चाहि १४२४ नम्बरको फारम भरे पुग्छ । भरेको फारमलाई आफु बस्ने राज्यको नजिकैको गृह मन्त्रालयको कार्यलयमा पोष्ट गर्नुपर्छ । आवेदन दिएको केही दिनमा भिषावापत तिरेको पैसा तोकिएको बैंक खातामा जम्मा हुन्छ । पोष्ट गर्ने कार्यलयहरुको विवरण यहाँ छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ३० बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ