एमसीसीप्रति दीपकको यस्तो बुझाई « Khabarhub

एमसीसीप्रति दीपकको यस्तो बुझाई


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता तथा निर्माता दीपकराज गिरीले शुक्रबार फेसबुकमा एक स्टाटस लेख्दै एमसीसीबारेको निर्णय सडकबाट नभई सदनबाटै हुनुपर्ने माग गरेका छन् । उनले जनताको प्रतिनिधि सांसद भएकाले त्यसको निर्णय उनीहरूले गर्न पाउनुपर्ने उल्लेख गरेका छन् ।

‘मेरो निर्णय, मैले भोट हालेको सांसदले गर्नेछन् । सांसद भनेको मेरो प्रतिनिधि हो, यसको शाब्दिक अर्थ पनि त्यही हो । निर्णय उनीहरूबाट नै हुनुपर्छ । निर्णय सडकबाट होइन, सदनबाटै गर्ने हो,’ उनले लेखेका छन् ।

दीपकले नेपालको परराष्ट्र नीति नेपालको हितमा हुनुपर्नेमा जोड दिँदै ‘लिंग नखुलेको परराष्ट्र नीति’को दिन गएको लेखेका छन् । ‘आफ्नो देशलाई दीर्घकालिक फाइदा जता हुन्छ त्यहाँ स्पष्ट भएर उभिनु पर्यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भैसक्यो,’ उनले लेखेका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/5086652748065025

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ३२ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै