सरकारको सोच व्यवसायीलाई दुःख दिने छैन : गृहमन्त्री खाँण « Khabarhub

सरकारको सोच व्यवसायीलाई दुःख दिने छैन : गृहमन्त्री खाँण


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले सरकारको सोच व्यवसायीलाई दुःख नभएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए ।

‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन । नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो ।’

निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए ।

‘निर्माण व्यवसायी देशका धरोधर हुन् । कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : १४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको