व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत « Khabarhub

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका  परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

 त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगोरूपमा समाधान गर्न सकिने विश्वास व्यक्त गरे।   

विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबीच पारस्परिक लाभका क्षेत्रमा परिणाममुखी साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसअघि परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई विभिन्न क्षेत्रका टर्कीका उद्यमीहरूको समूहले छलफलका लागि स्वागत गरेको थियो । छलफलमा भाग लिँदै नेपाली प्रतिनिधिमण्डलले दुई देशबीचका सम्भावित व्यापारमा सहकार्यका लागि व्यवसायीहरूसँग आग्रह गरेको थियो ।

विशेष गरी मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालमा लगानी भएको क्षेत्रमा व्यापारका अवसर पहिल्याउन उनीहरूलाई आमन्त्रण गर्नुभएको थियो ।

आजदेखि यही फागुन २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चलाई भोलि सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई उनले सम्बोधन गर्नेछन्  ।

 मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : ४० बजे

राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा सेवा डिजिटल बनाइँदै

काठमाडौं– स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको