इन्जिनियर एशोसिएसनको मतदान जारी « Khabarhub

इन्जिनियर एशोसिएसनको मतदान जारी


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएसन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

एशोसिएसनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ ।

निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले इ डा हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ ।

उक्त उम्मेदवारप्रति रुष्ट बन्दै कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ । यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका इ डा सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र)(एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट इ डा हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका इ राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचन समिति संयोजक इ घनश्याम भट्टराईले बिहान ९ बजेदेखि सुरु भएको मतदानमा हालसम्म काठमाडौँमा मात्र दुई हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए ।

निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको र काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । देशभरका १४ स्थानमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । देशभर २१ हजार ६८० मतदाता छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : ५२ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य