इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि « Khabarhub

इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो ।

आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने  अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशीसंगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका हुन् ।

उनका संगठनले अनुसार अबु अल हसन अल हाशिमी अल कुरेशीलाई नयाँ नेता चुनेको छ । नयाँ नेताले संगठनको नेतृत्व गर्न स्वीकार गरिसकेको जनाइएको छ ।

इस्लामिक स्टेटका नयाँ नेता को हुन र उनको अरु पहिचान के हो भन्ने अझै स्पष्ट नभइसकेको अल जजिराले जनाएको छ ।

गत फेब्रुअरी ३ मा ५० सदस्यीय अमेरिकी विशेष सुरक्षा फौजले उत्तरपश्चिमी सिरियाको आट्मेह शहरमा कारवाही गर्दा अबु इब्राहिम मारिएको दाबी गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ०० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क