जापानमा ११ वर्षअघि गएको भूकम्पको सम्झनामा प्रार्थाना « Khabarhub

जापानमा ११ वर्षअघि गएको भूकम्पको सम्झनामा प्रार्थाना


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फुकुसिमा दाइची आणविक केन्द्रमै क्षति पुर्‍याउने गरी जापानमा सुनामी आएको ११ वर्ष पूरा भएको छ । यो अवसरमा जापानको उत्तरपूर्वी क्षेत्रमा मानिसहरुले प्रार्थाना गरेका छन् ।

उत्तरपूर्वी जापानमा ११ मार्च, २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाएका व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको हो ।

जापानका टेलिभिजन च्यानलहरुले विशाल समुद्री पर्खालहरूको छेउमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चङ्गा उडाउँदै मानिसहरूले समुद्रतिर फर्केर प्रार्थना गरिरहेको प्रत्यक्ष प्रसारण गरेका छन् ।

उक्त भूकम्प र सुनामीका कारण १८ हजार ५०० जना मारिएको वा बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनामीले ध्वस्त पारेको तोहोकु क्षेत्रमा, मानिसहरु बिहानै तटमा प्रार्थना गर्न भेला भएका थिए । स्थानीय टिभीले फुकुशिमाको नामी क्षेत्रमा अझै हराइरहेका मानिसहरूको वार्षिक खोजी गरिरहेको देखाएको छ ।

सुनामीमा आफ्नी बहिनी, ज्वाई र भतिजा गुमाएका माछा मार्ने सदाओ कोनले यो दिन मनाउनबाट बच्न प्रयास गरेको बताए । ‘मेरो आफन्त मात्र मारिएनन्, मैले फायर ब्रिगेडमा काम गर्ने क्रममा धेरै पीडितहरू पनि देखें’ उनले भने ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ०० बजे

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल