नायक पल शाहका व्यवस्थापक जोशी तनहुँ प्रहरीको नियन्त्रणमा « Khabarhub

नायक पल शाहका व्यवस्थापक जोशी तनहुँ प्रहरीको नियन्त्रणमा


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- एक नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका व्यवस्थापकलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहका व्यवस्थापक कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले पुष्टि गर्दै भने ।

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ११ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन